दोहामा विश्वकप प्रतियोगिता हुँदै गर्दा कतारको मानवअधिकारको अवस्थाबारे अनेक कुराकानी भइरहेको छ। कतारमा रङ्गशाला अनि होटेल निर्माणमा खटिएका आप्रवासी कामदारहरूको अवस्थाबारे धेरै लेखिएको छ, तर कतारका शासक वर्गका लागि काम गर्ने घरेलु कामदारहरूको अवस्था के छ तरु बीबीसीकी लैङ्गिक तथा पहिचान मामिला सम्वाददाता मेघा मोहनले बिना छुट्टी लामो समयसम्म काम गर्न बाध्य दुई जना घरेलु कामदारसँग कुरा गरेकी छन्।
अबेर रातमा कतारका सम्भ्रान्त वर्गमा पर्ने रोजगारदाता सुत्न गएपछि मैले ग्लेडिजलाई ९नाम परिवर्तन गरिएको० सम्पर्क गरेँ।
छोटो अनलाइन संवादका क्रममा उनले आफूले बिहान ८ बजेदेखि साँझको ११ बजेसम्म काम गर्ने गरेको बताइन्। उनले सरसफाइको काम, खाना बनाउन सहयोग अनि बालबालिकाको रेखदेख गर्छिन्। परिवारका सबैले खाना खाएपछि बचेको खाना आफूले खाने गरेको अनि १८ महिना अघि काम सुरु गरेयता एक दिन पनि छुट्टी नपाएको उनले बताइन्।
ूम्याडम रिसाहा हुनुहुन्छ,ू ४० वर्ष आसपासकी फिलिपिन्सकी महिला ग्लेडिजले आफ्ना रोजगारदाताबारे भनिन्। ूउहाँ हरेक दिन मलाई चिच्याएर काम लगाउनुहुन्छ।ू
सन् २०२२को विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गर्नु अघिसम्म कतारमा विदेशी कामदारहरूले आफ्नो काम परिवर्तन गर्न र रोजगारदाताको अनुमति बिना देश छोड्न पाउँदैनथे। धेरै खाडी राष्ट्रहरूमा अझै यस्तो व्यवस्था छ।
अहिले छानबिनमा रहेको कतारले सुधारका पहल गर्न थालेको छ तर ती सब सधैँ व्यवहारिक रूपमा कार्यान्वयन भने हुँदैनन्।
ग्लेडिजका श्रमदाताले उनको राहदानी राखेका छन् जुन यसको एक प्रमाण हो। काम फेर्नका लागि फिर्ता मागे राहदानी प्राप्त गर्ने कुरामा उनी विश्वस्त छैनन्।
तर ग्लेडिज आफूलाई भाग्यमानी नै मान्छिन्। अन्य विदेशी घरेलु कामदार साथीहरू भन्दा फरक उनलाई आफ्नो फोन साथमा राख्न दिइएको उनी बताउँछिन्। साथै, उनी शारीरिक दुर्व्यवहारमा परेकी छैनन्। कतारमा घरेलु कामदारहरू माथि अक्सर त्यस्तो हुने गरेको उनी बताउँछिन्।
उनले अहिलेकै काम गर्न चाहनुको अर्को कारण पनि छ ( यो उमेरमा थप आकर्षक रोजगारी प्राप्त गर्ने सम्भावना निकै कम रहेको उनी ठान्छिन्। मासिक रूपमा उनी १,५०० रियाल ९५३,००० नेपाली रुपैयाँ भन्दा केही बढी० कमाउँछिन् र त्यो सबै घर परिवारलाई पठाउँछिन् ।
घरेलु कामदारहरूको अधिकार
सन् २०२१मा कतारको प्लानीङ्ग एन्ड स्टयाटीस्टीक्स अथोरीटीले तयार पारेको तथ्याङ्क अनुसार कतारमा १६०,००० को हाराहारीमा घरेलु कामदार छन्
सन् २०१७मा कतारले घरेलु श्रमिकहरूसँग सम्बन्धित कानुन ल्यायो जसले सैद्धान्तिक रूपमा काम गर्ने समय दिनको १० घण्टामा सीमित गर्यो। उक्त कानुनी व्यवस्थाले हप्तामा एक दिन छुट्टी अनि पारिश्रमिक पाउने गरी छुट्टीको व्यवस्था गरेको छ
सन् २०२०मा न्यूनतम पारिश्रमिकको व्यवस्था गरियो र कामदारहरूलाई आफ्नो रोजगारी परिवर्तन वा अनुमति बिनै देश छाड्न पाउने व्यवस्था ल्याइयो
तर मानव अधिकारबादी संस्था एमनेस्टी इन्टरन्याशनलका अनुसार यी कानुन सधैँ पालना गरिँदैनन् र अत्यन्त धेरै काम, आरामको कमी, दूर्वयवाहार अनि अमानवीय व्यवहार कायम नै छन्
विदेशमा कार्यरत फिलिपिन्सका नागरिकहरूलाई सहयोग गरिरहेको संस्था माइग्रान्ट इन्टरन्याशनलकी जोअन्ना कोन्सेपसीअन परिवारका लागि कमाउनु पर्ने बाध्यताका कारण कैयौँ कामको खराब अवस्थाबारे चुप लागेर बस्न बाध्य रहेकी बताँउछिन्।
तर जब खाडी राज्यहरूमा उनीहरू स्वतन्त्र रूपमा कुरा गर्न पर्याप्त आत्मविश्वास बटुल्छन्, उनी भन्छिन्, उनीहरूले अक्सर गम्भीर दुर्व्यवहारबारे उल्लेख गर्छन्।
एक जना महिलाले रिसाएका बेला उनका रोजगारदाताले ट्वाइलेटको बेसिनमा टाउको हालिदिने अनि खाना र पानी पनि नदिने गरेको बताइन्।
एल्थीया ९नाम परिवर्तन गरिएको०ले कतारमा घरेलु कामदारका रूपमा आफ्नो जीवन फरक रूपमा चित्रण गरेकी छन्।
अल थानी शाही परिवारको घरमा काम गर्ने उनले भूमिगत तलामा पुगेर बीबीसीलाई भिडिओ कल गरिन्।
हँसिली अनि उत्साहित देखिने उनले मालिक्नीले आफूलाई आईफोन र फिलिपिन्समा उनले खरिद गर्न नसक्ने लुगा, गहना अनि जुत्ता दिएको बताइन्।
ग्लेडीज जस्तै आफ्नो घरमा खान(लाउन गाह्रो भएका कारण उनी पनि कामका लागि कतार आएकी हुन्।
हामीले कुरा गर्दै गर्दा एल्थीयासँगै बस्ने फिलिपिन्सका अरू घरेलु कामदारहरू पनि फोनमा जोडिए।
उनीहरूको आफ्नै सुत्ने कोठा अनि भान्सा छ। यो महत्त्वपूर्ण कुरा हो। एल्थीयाले टिकटक र फेसबुकमा अन्य घरेलु श्रमिकहरूले खानाका लागि भीख मागिरहेको, आफूलाई उद्धार गर्न अनुरोध गरिरहेको देखेकी छन्। उनीहरू एल्थीया जस्तो भाग्यमानी छैनन्।
ुुम त्यस्ता भिडिओ अनलाइन देखिरहेकी हुन्छु जसकारण आफू निकै भाग्यमानी रहेको महसुस गर्छु,ुु उनले थपिन्।
ुुमलाई प्रत्येक दिन काल्पनिक कथा जस्तै महसुस हुन्छ।ुु
उनको दैनिकी प्राय जसो बिहानको ६स्३० बजे सुरु हुन्छ। पहिलो काम परिवारका सदस्यहरूको नास्ता तयार गर्नु हुन्छ।
उनीहरूले नास्ता खाए पछि एल्थीयाको पालो आउँछ। त्यसपछि सरसफाइ सुरु हुन्छ र पुनः बिहानीको खानाको तयारी गरिन्छ।
ुुयो सजिलो काम हो किनभने हामी धेरै जना छौँ,ुु उनले भनिन्।
घरेलु कामदारहरूले आफ्नै फ्ल्याटमा ३ देखि ६ बजेसम्म आराम गर्न पाउँछन्। त्यसपछि रातिको खानपानको प्रबन्ध सुरु हुन्छ। खाना खुवाएपछि एल्थीयाको त्यस दिनको काम सकिन्छ र उनले चाहेको अवस्थामा घर बाहिर निस्कन पाउँछिन्।