हार्दिक अपिल !!!

“थोपा थोपाले घैला भरिन्छ”

साथिहरु नमस्कार!
“थोपा थोपाले घैला भरिन्छ”
मध्यपूर्वमा कार्यरत नेपाली समुदायले “नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔं” भन्ने नारा सहित नेपालमा अक्सिजन सिलिण्डर पठाउने अभियानलाई तिव्रता दिएको छ। यस अभियानमा हामीले पनि सहभागिता जनाऔं।
तथ्यांक अनुसार देशमा कोरोनाको कहरका कारण भएका मृत्युमा करीव ८७% मृत्यु अक्सिजन अभावको कारण भएको छ।नेपालमा अक्सिजन उत्पादन क्षमता पर्याप्त रहेको तर सिलिण्डर अभाव भएको कारण समस्या उत्पन्न भएको छ।
यस अभियानलाई सार्थक तुल्याउन हामीले केही थान सिलिण्डर सहयोग गर्न सक्छौं। हामीले प्रदान गरेको सहयोगले बढीभन्दा बढी बिरामीको उपचार हुने र ज्यान जोगाउन सकिने छ।
हाम्रो सहयोगले महत्वपूर्ण भुमिका खेल्ने हुनाले मिति २०७८बैशाख ३१ गते सन 2021 मे 14 तारेख online मार्फत बसेको जगरुक युवा समाज नेपालको बैठकबाट कार्य-समितीका सदस्यज्युहरूबाट कतारी रियल ५०/५० उठाउने निर्णय भएको छ ।साथै , ५ अक्सिजन सिलिन्डर बराबरको रकम करी ४४० प्रती सिलिन्डरका दरले जम्मा करी २२०० प्रदान गर्ने र अभियानमा सहभागी हुने निर्णय भएको हुदा , तपाईंहरु पनि यस बिपत्तीमा हामीसंग हातेमालो गर्दै सहयोग गरौं भन्ने आग्रह र अपिल गर्दछु ।
हामीसँग समय छैन, तर देशमा दिनप्रतिदिन बिरामीको संख्या र मृत्युदरमा अस्वभाविक वृद्धि भै रहेको छ। तसर्थ आ-आफ्नो सिफ्टमा समन्वय गरि सहयोग संकलन गरौं।
तल उल्लेखित कार्यसमिती सदस्यलाई सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।
अध्यक्ष – राज चुवान –
प्रथम उपाध्यक्ष – यादव प्र चौलागाई
द्वितीय उपाध्यक्ष – मोहन श्रेष्ठ
सचिव – हिरा गज्मेर
कोषाध्यक्ष – नबिन थापा-
सदस्य :
प्रेम शाक्य
मनोज गैरे
केशव कंडेल
राजकुमार दाहाल
लेखा
सन्त मोक्तान –
कपिल कुमार कार्की
अर्जुन घिमिरे अभियान संयोजक: गैर आवासीय नेपाली संघ(NRNA) मध्यपूर्व संयोजन समिति।
सहजीकरण: नेपाल पत्रकार महासंघ कतार शाखा।

हार्दिक निबेदन सहित

राज कुमार चुवान
अध्यक्ष
जागरुक युवा समाज नेपाल

Facebook Comments Box
यो समाचार/सूचना पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.