कतार बस्ने नेपालीले यूएईमा जिते ८२ करोडको चिठ्ठा

काठमाडौं– कतारमा बस्दै आएका एक नेपालीले आबुधाबीमा आयोजित चिठ्ठा कार्यक्रममा ८२ करोडको चिठ्ठा जितेका छन्।

गल्फन्यूजका अनुसार नेपालका रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात् ८२ भन्दा बढी नेपाली रुपैयाँको चिठ्ठा जितेका हुन्।

पालले जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत उक्त रकम जितेका हुन्।

उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका यूएईबाट सञ्चालित अर्को अनलाइन सञ्चारमाध्यम खालिजटाइम्सले जनाएको छ।

बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेपछि निकै खुशी भएको पालले प्रतिक्रिया दिएका छन्। ‘म अत्यन्तै खुशी भएको छु। मैले जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनले भनेका छन् ।

पाँच र १० वर्षका दुई छोराका बुबा भनिएका पालको नेपालको ठेगाना भने खुलाइएको छैन ।

खालिजटाइम्सका अनुसार ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भने भारतीय नागरिकले जितेका छन् ।

दोस्रो, तेस्रो र चौंथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका बताइएको छ। यस्तै, सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका छन् ।

Facebook Comments Box
यो समाचार/सूचना पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.