हाम्रो बारे
जागरुक युवा समाज नेपाल एक विशुद्ध सामाजिक मुनाफारहित जनहितकारी संस्था हो । संस्थाको विधान तथा संस्था दर्ता ऐन २०३४ को अधिनमा रहि जिल्ला प्रशासन कार्यालय काठमाण्डौ दर्ता भएको यो संस्था आफ्नो देश छोडेर पूर्व मेची देखि पश्चिम महाकाली सम्मका साथीहरु एउटै घर नेपाल सम्झेर एकै परिवार जस्तो गरी विदेशी भुमिमा रहि साथीभाईलाई सारो गाह्रो पर्दा होस् वा देशमा भैपरि आउने अनेक किसीमका प्राकृतिक प्रकोप, बाढी पहिरो लगायतका विपत्तीको समयमा आफुले सकेको सहयोग गर्न पहल गर्ने, समाज प्रति नागरिकको उत्तरदायित्व बोध गर्दै समृद्धी र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तका आधारमा समतामूलक समाज निर्माणको लागि सरकारी क्षेत्रलाई सहयोग पु¥याउदै, वैदेशिक रोजगारबाट फर्किएका यूवाहरुलाई मनोसामाजिक विमर्श, सामाजिकरण, व्यवसायिक तथा सीपमूलक कार्यक्रम संचालन गरी आर्थिक उपार्जनमा टेवा पु¥याउने कार्यक्रम संचालन गर्न पहल गर्ने, मातृभुमि र समाज प्रति व्यवहारिक रुपमा जावफदेही रहने ध्येय अनुुरुप स्थापना भएको हो ।
लक्ष्य
“जागरुक युवा समाज नेपाल” का निम्न लक्ष्यहरु रहेका छन ।
- सामाजिक समावेशिकरणलाई केन्द्र मानेर लक्षित समुदायको शैक्षिक, स्वास्थ्य, आर्थिक र सामाजिक स्तरमा सुधार ल्याउने ।
- अधिकारबाट बञ्चित वर्गको क्षमता अभिवृद्धि गरी अधिकारको क्षेत्रमा पहुँच पुगाउने ।
- संस्थाको मानविय क्षमताको विकासमा जोड दिएर संस्थागत क्षमता अभिवृद्धि गर्ने ।