संस्थाको उद्देश्यहरु

संस्थाको उद्देश्यहरु देहाय बमोजिम हुनेछ ।

क) यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
ख) देशमा भैपरि आउने राष्ट्रिय विपतिको समयमा संस्थाले सहयोगी भूमिका निर्वाह गर्न पहल गर्ने छ ।
ग) विश्वमा समस्याको रुपमा रहेको जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि जनचेतनामुलक, शिक्षाप्रद कार्यक्रम संचालन गर्ने, वातावरणको संरक्षण सम्बद्र्धनका लागि चेतनामूलक कार्यक्रम संचालन गर्ने ।
घ) नेपाली समाजको बृहत्तर हितको लागि विदेशी वा स्वदेशी संस्था र स्वयंसेवी जनशक्ति संग समन्वय गरी कार्यक्रम संचालन गर्न पहल गर्ने ।
ङ) संस्थामा आबद्ध सदस्यहरुलाई  आइपर्ने जटिल एवं संवेदनशील समस्याहरु समाधान गर्न विविध परोपकारी कार्य गर्न  पहल गरिने छ ।
(च) चेलिबेटी बेचबिखन, घरेलु हिंसा लैगिक बिभेद, जातीय छुवाछुत, वाल विवाह, वाल श्रम विरुद्द चेतनामूलक कार्यक्रम संचालन गरी यसको निराकरणको लागि आवश्यक कार्यक्रम संचालन गर्न पहल गर्ने ।
(छ) गरिबी निवारणको लागि ग्रामिण समाजमा रहेको जल, जमिन, जडिबुटी लगायतका प्राकृतिक स्रोत साधनको पहिचान गरी आत्मनिर्भरता र स्वरोजगारको सृजना गर्न मद्दत हुने कार्यक्रम संचालन गर्न पहल गरी विदेशीएका यूवाहरुलाई गाँउ फर्क अभियानमा समाहित गर्ने ।
ज) वैदेशिक रोजगारबाट फर्किएका यूवाहरुलाई मनोसाजिक विमर्श, सामाजिकरण, व्यवसायिक तथा सीपमूलक कार्यक्रम संचालन गरी आर्थिक उपार्जनमा टेवा पु¥याउने कार्यक्रम संचालन गर्न पहल गर्ने ।
झ) धार्मिक, साँस्कृतिक, कला सँस्कृति तथा पुरातात्विक संरचनाको संरक्षण, बाटो–घाटा,े मठ–मन्दिर, सरसफाई  कार्यक्रम संचालन गरी विकासको पूर्वाधारको निर्माणमा सहयोग पु¥याउन पहल गर्ने ।
ञ)  शिक्षा तथा खेलकुदको विकासको लागि विभिन्न निकायसंग समन्वय राखी यूवाहरुको शाररिीक सु–संगठनको लागि विविध कार्यक्रम संचालन गर्न पहल गर्ने ।

संस्था संचालनका आधारभुत मान्यताहरु

  • जागरुक युवा समाज नेपाल” समुदाय स्तरमा काम गर्दा गर्ने र गराउने कार्यहरूलाई निम्न मार्ग दर्शनको आधारमा रहि कार्य गर्ने गर्दछ।“जागरुक युवा समाज नेपाल”ले सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तटस्थताको मुल्य मान्यता राखेको छ ।
  • “जागरुक युवा समाज नेपालले समुदाय स्तरमा दिगो विकास, जनसहभागिता, मानव अधिकार, सामाजिक मुल्य मान्यता प्रतिवद्ध रही आफ्ना क्रियाकलापहरू तथा गतिविधीहरू सञ्चालन गर्दछ ।
  • “जागरुक युवा समाज नेपाल”का कार्यक्रमहरू दलित, महिला, साना किसान, भूमिहिन, उत्पीडित, बालबालिका, गरिब तथा विपिन्न वर्गमा केन्द्रित रहनेछन् ।
  • “जागरुक युवा समाज नेपाल” ले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा समुदायको मागमा आधारित रही स्थानिय साधन श्रोतको पहिचान र परिचालनद्वारा दिगो संस्थागत विकासमा टेवा पुग्दछ भन्ने मान्यता राख्दछ ।
  • “जागरुक युवा समाज नेपाल” लक्षित समुहको जिवनस्तर उकास्न अधिकार प्रवर्द्धनको निम्ति सामाजिक सचेतना तथा आय स्तरमा वृद्धि गर्न प्रतिवद्ध हुनेछ ।
  • जागरुक युवा समाज नेपाल” ले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिहरू सामाजिक लेखा परिक्षण तथा सार्वजनिक लेखा परिक्षणको माध्यमबाट सम्बन्धीत सरोकारवाला एवं लक्षित वर्ग समक्ष पारदर्शि रुपमा कटिवद्ध छ ।
  • “जागरुक युवा समाज नेपालको कार्यक्रमसँग सम्बन्धित कार्यमा खटिएका सोसेकका कर्मचारी, स्वयंसेवक, सदस्य र पदाधिकारीहरू माथी हिंसा, अपहरण, हैरानी, त्रास र अन्य कुनै किसिमका व्यवहार नगरी अझ बढी सहयोग गर्न सम्वन्धित सबै पक्षसँग यो संस्थाले अपिल गर्दछ ।
  • “जागरुक युवा समाज नेपाल”का सम्पूर्ण प्रयास तथा क्रियाकलापहरू लक्षित समुदायको जिवनस्तरमा सुधार ल्याउनमा समर्पित रहेकाले यसका कुनै पनि पक्षको स्वार्थ पुरा हुने गरी कार्यसञ्चलान गर्ने छैन ।
  • यो संस्था क्रियाशील सदस्यबाट प्राप्त सहयोग होसियारी पूर्वक लक्षित समुदायमा पु¥याउने कुरामा जोड दिनेछ ।
  • संस्थाले जात, धर्म, वर्ग, लिङ्ग र राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी आफ्ना गतिविधिहरू निष्पक्ष ढङ्गबाट सञ्चालन गर्ने छ ।
  • “जागरुक युवा समाज नेपाल” ले सम्बन्धित सबै पक्षलाई उपरोक्त कार्य सम्पादन तथा विकास कार्यका गतिविधि सञ्चालन गर्न आ(आफ्ना क्षेत्रबाट सहज वातावरण श्रृजना गरी पूर्ण सहयोगका लागि आव्हान गर्दछ ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.